Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यती एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो


काठमाडौं । सरकारले यती एअरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’ को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

हिजो मङ्गलवार फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सत्य÷तथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

विमान दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन भएको हो । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनिर एकराजजङ्ग थापा छन् । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट