Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज एक/दुई ठाउँमा हल्का वर्षाको संभावना


काठमाडौं । आज देशका एक/दुई ठाउँमा हल्का वर्षाको संभावना रहेको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको संभावना जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को भनाई छ ।

उनका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाडौंमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । यद्यपी प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले एकै छिनमा बादल विकसित भई पानी पर्ने भएकाले बेलुकी पख हल्का वर्षा पनि हुन सक्छ ।

सोझै विश्व कप छनोटमा पुग्नका लागि आज नेपालले यूएईसँग खेल्ने भएकाले पनि मौसमबारे धेरैको चासो छ । पानी परे अङ्क बाँड्नुपर्ने अवस्था आउँछ, यस्तो अवस्थामा नेपालको सोझै विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकाले पानी पर्नेरनपर्नेबारे खेल समर्थकहरूको चासो छ । कीर्तिपुर मैदानमा हुने खेल बिहान साढे ९ बजे हुनेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट