Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माटोको ढिस्कोले च्यापिएर सिन्धुलीमा एक जनाको मृत्यु


सिन्धुली । सिन्धुलीमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ढुङ्गा निकाल्ने क्रममा ढिस्कोले च्यापिएर फिक्कल गाउँपालिका–३ खुरहरीका ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो।

ढिस्कोले च्यापिएर घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका–८ मा रहेको बाहुनतिलपुङ स्वास्थ्य चौकी ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट