Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

साउदीका जेलमा रहेका नेपालीमध्ये ८० प्रतिशत रक्सी ओसारपसारमा लागेकाहरु : दूतावास


काठमाडौं । साउदीका जेलमा परेका नेपालीमध्ये अधिकांश रक्सी ओसारपसारमा लागेकाहरु रहेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रह समेत गरेको छ ।

यस्तो कार्यमा लगाउनेहरु पनि बढीजसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि उनले आग्रह गरे ।

‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जीन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्रीवितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन दूतावासको आग्रह छ ।


क्याटेगोरी : प्रवास, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट