Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कारगेड नलिइ राष्ट्रपति पौडेल कुमारी घर पुगे


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाडौंको बसन्तपुरमा रहेको कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली नगराइकन पहिलो पटक परम्परा तोडेर त्यहाँ पुगेका हुन् ।

कारगेडबिना नै राष्ट्रपतिले त्यहाँ पुगेर कुमारीको दर्शन गरेका थिए । त्यसक्रममा सडकमा गाडीहरु निर्वाध रुपमा गुडीरहेका थिए ।

यसअघि राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परेको आवस सुनिदै आएको थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा भने सडक जाम भई पौडेलको आलोचना भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट