Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज पनि केही ठाउँमा चट्याङ्गसहित वर्षाको संभावना


काठमाडौं । हाल नेपालमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट