Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ललितपुरको ग्वार्कोमा मोटरसाइकको ठक्करबाट एक जनाको मृत्यु


ललितपुर, ५ चैत । ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा साइकलयात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनीबेशी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट