Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको निष्कर्ष


काठमाडौं, ५ चैत । राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ।

विवादित राहदानीबारे प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फागुन ३० गते बुझाएको थियो। प्रहरीले पेश गरेका प्रमाण तथा अनुसन्धान प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण नभेटिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।

उनका अनुसार लामिछानेविरुद्ध मद्दा चलाउनै पर्ने प्रमाण नभेटिएकाले मुद्दा चलाउन नपर्ने निर्णय गरिएको हो।

लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाण भेट्न नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। फाइल सदरका लागि उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको न्यौपानेले जानकारी दिए। उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालयमा पठाउनुपर्ने छ।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्नेछ। विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली राहदानी लिएको भन्दै लामिछानेमाथि मुद्दा चलाउनुपर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट