Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन हस्तान्तरण


काठमाडौ, ५ चैत । निर्वाचन आयोग नेपालले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए । साथै उनले सवै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । सो क्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट