Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले दिए राजीनामा


काठमाडौं, ५ चैत । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाएका छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा भाग लिन स्वीट्जरल्याण्ड जान प्रधानमन्त्रीले उनलाई सल्लाहकार बनाएका थिए । सो पदलाई प्रधानमन्त्रीले निरन्तरता दिन सकिने भएपनि उनले सेवा सुविधा लिन उचित नलागेकाले राजीनामा दिएको बताइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट