Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शत प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सबै सांसदको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आज आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमवार (भोलि) शय प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् । उनले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै सोमवार शय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९ दशमलव २५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्रीले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उनलाई अहिलेसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट