Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रासायनिक मलको अनुदान कटौती फिर्ता लिन एमालेको माग


काठमाडौं । नेकपा एमालेले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।

एमालेको कृषि तथा पशुपक्षी विभागले आज आइतवार विज्ञप्ति निकालेर विदेशीलाई खुसी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको भनाइ छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेको दाबी छ ।

यस्तै पार्टीको कृषि तथा पशुपक्षी विकास विभागले ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै महासचिव शंकर पोखरेलले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।

गएको फागुन २६ गते मन्त्रिस्तरीय निर्णयबाट रासायनिक मलमा दिइएको अनुदान कटौती गरिएको थियो । त्यस्तै मन्त्रिस्तरीय निर्णयबाट रासायनिक मलको मूल्यवृद्धि गरिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट