Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपचारका लागि भर्ना भएका बिरामी खोलामा मृत फेला


जुम्ला, ७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत्य फेला परेका छन्।

एक हप्ता अगाडी उपचार गर्न आएका तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका थिए। लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ। लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानको अस्पताल प्रशासनले जनाएको छ।

बिरामी लालुको कुरुवा उनकी बुहारी दुरपति नेपालीले गरेकी थिइन्। बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए। तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राती नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

मृतकका आफन्तले भने अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन्। उनीहरुले उक्त वार्डमा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य, कर्णाली प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट