Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु


काठमाडौं, ७ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो। मृतकको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका अन्य आठ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट