Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चोभारको आनन्दादी लाकेश्वरको आज महास्नान


काठमाडौं । काठमाडौं उपत्यकाका चार लोकश्वरमध्ये चोभारको आनन्दादी लाकेश्वरको महास्नानको आज हुँदैछ ।

महास्नानको लागि आज बिहानदेखि नै मूर्तिबाट देवताको प्राण निकालेर कलशमा राख्नको लागि पूजा भइरहेको छ ।

आज बेलुकी मन्दिर परिसरभन्दा पूर्वतिर रहेको दबलीमा मूर्तिलाई राखेर महास्नान गरिनेछ । आज हुने महास्नानको लागि हिजो विभिन्न देवतालाई निमन्त्रणा दिनको लागि विशेष पूजा गरिएको छ ।

आज महास्नान गरेर भोलिदेखि मूर्तिलाई ममर्त संभार गरेर रंगरोगन गरिनेछ । आठ दिनसम्म रंगरोगन गरेर जात्रा गरिने परम्परा छ ।

चोभारमा वैशाख ७ गते खटजात्रा हुनेछ । त्यही दिन नै काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथजात्रा पनि सुरु हुनेछ ।

सेतो रथजात्राको लागि जमलमा रहेको तीनधारा पाठशालामा रथ बनाउने काम सुरु भएको छ । हरेक वर्ष घोडेजात्राका दिनदेखि सेतो मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ ।

चोभारको आनन्दादी लाकेश्वरको महास्नान भएको १५ दिनपछि ललितपुरको रातो मच्छिन्द्रनाथको पनि महास्नान गरिने चलन छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट