Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झापामा जिपको ठक्करबाट एक जनाको मृत्यु


दमक, ८ चैत । झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरमा जिपको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ गइरहेको जिपको ठक्करबाट कमल गाउँपालिका वडा नं ५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो । राती १० बजे मे१ज १९४२ नम्बरको जिपले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

राईलाई ठक्कर दिएर फरार रहेको सवारी चालकसहित सवारी साधन बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरी टोलीले चालक सहित सवारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट