Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको निधन


काठमाडौं, ९ चैत । नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको ७१ वर्षको उमेरमा निधन भएको छ।

गुरुङलाई उपचारका लागि बुधबार पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो। गुरुङको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। गुरुङले सन् १९७४ मा थाइल्यान्ड र सन् १९८२ मा भारतको नयाँ दिल्लीमा खेलेका खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

उनले यू–१४ र यू–१६ स्तरका प्रशिक्षक तथा ए डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षकसमेत रहेका थिए। उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।


क्याटेगोरी : खेलकुद, समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट