Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धादिङको राम्चेमा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो


काठमाडौं, १० चैत । धादिङको थाक्रे गाउँपालिका–७, राम्चेमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धादिङकै राम्चेका अन्दाजी ३० वर्षीय अन्जन तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे ३ बजे मृत्यु भएको हो ।

हाप्सेचौरबाट बज्रकालीस्थित ढुंगाखानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिपर गएराति सवा २ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट