Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङमा आजदेखि पहिलो पटक सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा


दाङ । दाङमा आज शुक्रवारदेखि पहिलो पटक सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी सञ्चालनमा ल्याएको अध्यक्ष सुरेश हमालले जानकारी दिए।

पहिलो चरणमा गाडी दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जसम्म चल्नेछ । अहिले एउटा गाडीले मात्रै सेवा दिने र समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको हमालको भनाइ छ ।

१३ जना यात्रु क्षमता भएको गाडीको भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । यो गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्जका लागि छुट्ने र दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।

इन्धन विदेशबाट आउने तर विद्युत् आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको गाडी धनी विमल पौडेलले बताए ।

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट