Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आन्तरिक पर्यटकको रोजाइमा सोलुखुम्बुको कृषि ज्ञान केन्द्र


सोलुखुम्बु, १२ चैत । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको कृषि ज्ञान केन्द्र व्यवस्थापन शाखा (बागबानी) आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बागबानी नामले परिचित उक्त स्थानमा वसन्त ऋतु सुरु भएसँगै अवलोकनकर्ताहरुको भिड अत्याधिक बढेको हो।

सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजारकी याङजी शेर्पा, फूलसँग हास्दै, रमाउँदै तस्बिर खिच्न व्यस्त थिइन्। उमेरले ५० वर्ष काटिसकेकी याङ्जीले बागबानीको सुन्दर दृष्य र वातावरणमा रमाउँदा साच्चै स्वर्गको अनुभुति गरेको सुनाइन्। उनले भनिन, ‘कति राम्रो ठाउँ, मलाई त स्वर्ग नै जस्तो लाग्यो, नानीहरुले आमा बागबानी घुम्न जाउँ न भनेर आको यहाँ आउँदा त मान्छे पनि कति धेरै आउने रहेछन्, रमाइलो पनि त्यति कै।’

तत्कालीन बागबानी विकास केन्द्र रहेको उक्त स्थानमा पुग्ने अवलोकनकर्ताहरु ढकमक्क फुलेका फलफूलका फूलहरुसँग रमाएर मात्रै फर्किंदैनन् कतिपय कृषक कृषि सम्बन्धी विभिन्न ज्ञानसमेत लिएर फर्कन्छन्। बागबानीमै भेटिएका गार्माका कामीसर्की शेर्पाले भने, ‘म यहाँ खासमा यो फलफूल र तरकारी खेती कसरी गर्नुपर्ने रहेछ भनेर यसो बुझ्न आको, तर यहाँ आउँदा यति धेरै रमायलो देखे कि साँच्चै मन आनन्द भयो, यही माथि फाप्लुतिर हेर्दा वसन्त ऋतु सुरु भएको फिल नै हुन्न तर यहाँ आएपछि भने साच्चै बसन्त ऋतु सुरु भएछ भन्ने आभास भयो।’

पछिल्लो समय बागबानी पुग्ने अवलोकनकर्ताको संख्या सोचेभन्दा फरक छ। सल्लेरी नजिकै भएकाले पनि दैनिक रुपमा मोटर साइकल, टेम्पो तथा गाडी नै लिएर बागबानी पुग्ने जमात बढ्दै छ। यहाँ पुग्ने कतिपय कर्मचारी, विद्यार्थी तथा बालबालिकाहरु फोटो, भिडियो तथा टिकटक बनाउनमा व्यस्त हुन्छन् भने कृषकहरुले अवलोकनसँगै कृषि प्रविधि सिक्ने गरेको बागबानी विकास अधिकृत चन्द्र फडेराको भनाइ छ।

पछिल्लो समय बागबानी पुग्ने अवलोकनकर्ताको संख्या सोचेभन्दा फरक छ। सल्लेरी नजिकै भएकाले पनि दैनिक रुपमा मोटर साइकल, टेम्पो तथा गाडी नै लिएर बागबानी पुग्ने जमात बढ्दै छ। यहाँ पुग्ने कतिपय कर्मचारी, विद्यार्थी तथा बालबालिकाहरु फोटो, भिडियो तथा टिकटक बनाउनमा व्यस्त हुन्छन् भने कृषकहरुले अवलोकनसँगै कृषि प्रविधि सिक्ने गरेको बागबानी विकास अधिकृत चन्द्र फडेराको भनाइ छ।

लगिि‘अहिले दैनिक १५० जनासम्म अवलोकनकर्ताहरु यहाँ आउने गर्छन्। कोही बेला त साँच्चै मेला नै पो लागेको हो कि भन्ने समेत आभास गराउँछ। यहाँ ढकमक्क फुलेका फूलहरु हेर्न रमाउन र कृषि प्रविधि सिक्न पनि मानिसहरु आउने गर्दछन्।’, अधिकृत फडेराले भने।

लगििसोलुखुम्बुको फाप्लु स्थित फाम व्यवस्थापन शाखा ९बागबानी० जिल्लाकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो। ३ सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनौ प्रजातीका फलफूलका विरुवा, त्यतिकै संख्यामा तरकारी तथा अन्य विरुवाहरु समेत छन्। जहाँ विरुवा उत्पादनदेखि फलफूल उत्पादनसम्मको कार्य हुने गर्दछ। ती हरियाली बोटविरुवाहरुमा ढकमक्क फूलेको फूलहरुले यतिखेर बागबानी झकिझकाउ बनेको छ।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट