Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनकुटाका कृषक टनेल खेतीतर्फ आकर्षित


धनकुटा, १२ चैत । धनकुटामा पछिल्लो समय कृषक टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्। विभिन्न संघ सस्था, स्थानीय तह, कृषिसँग सम्बधित कार्यालयले टनेल वितरण गरेर टनेलमा खेती गर्न सिकाएसँगै कृषक टनेल खेतीतर्फ आकर्षण बढेको हो।

थोरै क्षेत्रबाट राम्रो उत्पादन र मनग्गे आम्दानी लिन टनेल खेतीलाई उपयुक्त मानिन्छ। थोरै लगानी, थोरै स्थानबाट राम्रो आम्दानी र बेमौसमी उत्पादनसमेत हुन थालेपछि धनकुटाका कृषक टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्।

बाहिर गरिने खेती भन्दा टनेल भित्र खेती गर्दा धेरै फाइदा हुने महालक्ष्मी नगरपालिका ४ का कृषक सरोज पौडेल बताउँछन्। थोरै क्षेत्रफलबाट बढी आम्दानी, रोग किराको प्रकोप कम गुणस्तरमा वृद्धि लगायतका फाइदा हुने पौडेलको भनाइ छ।

महालक्ष्मी नगरपालिकाकै पवित्रा कार्की पनि टनेला खेती गर्न धेरै सहज हुने बताउँछन्। पहिले धेरै ठाउँमा धेरै मेहनत गर्नु पर्दथ्यो तर अहिले थोरै ठाउँमा खेती गर्दा पहिलेकै जति उत्पादन हुन्छ उनी भन्छन् ।

धनकुटामा युएनडीपीमार्फत् पर्डेप नेपालले मात्र अहिलेसम्म धनकुटा नगरपालिकामा २५ सय र महालक्ष्मी नगरपालिकामा ५ सय भन्दा बढी टनेल वितरण गरेको छ। त्यस्तै कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा वडा कार्यलयले पाँच वर्षयता वार्षिक एक सय भन्दा बढी टनेल वितरण गर्दै आएको छ।

योबाहेक व्यावसायिक किसानले आफ्नै लगानीमा समेत टनेल खेती गर्न थालेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। पहिले पहिले टनेल खेती गर्न झन्झट मान्ने किसानसमेत अहिले योप्रति चासो राख्न थालेका छन्। त्यसो त टनेल खेतीका कारण कृषकको व्यवसायिकता समेत बढेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ।


क्याटेगोरी : कृषि, जनमञ्च, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट