मिटर ब्याज पीडितहरू बर्दिवासबाट पैदल हिँडेर ११ औँ दिनमा काठमाडौं आइपुगे

काठमाण्डौं, १२ चैत । मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार काठमाण्डौको मातातीर्थ आइपुगेको हो ।
मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।
मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डौका लागि हिँडेका थिए । भोलि सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
प्रतिक्रिया