Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुस्ताङ जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी


जोमसोम, १२ चैत । मुस्ताङ जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी हुँदा गुम्सिएर बस्नुपर्ने बाध्यता छ।

ढुंगा माटोले निर्मित कच्ची कारागार भवनको साँघुरो कोठामा अहिले १९ जना पुरुष कैदी बन्दी असहज रुपमा बसिरहेका छन्। यो कारागार २०३७ सालमा स्थापना भएको हो। त्यसअघि मुस्ताङ जिल्ला कारागार भवनमा सीमा प्रशासन कार्यालय थियो।

कारागार भवनमा नौ वटा कोठा छन्। त्यहाँ कैदी बन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारी बस्ने गर्छन्। पछिल्लो समय कारागारका कर्मचारी बस्ने बेग्लै दुई कोठे भवन छ। २०७८ साउन महिनामा जीर्ण मुस्ताङ कारागारमा वर्षाका कारण आंशिक क्षति भएको थियो। भवन संरचना भत्किएपछि त्यहाँ रहेका कैदी, बन्दी र कर्मचारीलाई बस्न अप्ठ्यारो परेको थियो।

कारागारमा भौतिक संरचनाको कमी रहेको जेलर भगवानलाल साहले जानकारी दिए। उनले मुस्ताङ जिल्ला कारागारमा पूर्वाधारको कमीले गर्दा कैदी बन्दीलाई भवनबाट बाहिर निकाल्न गाह्रो परेको बताए। उनले मुस्ताङ कारागारमा कैदी बन्दीका लागि महिला पुरुषसहित ५० जना अट्न सक्ने क्षमताको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको औंल्याए।

अहिले मुस्ताङ कारागारको दुई वटा कोठामा कैदी बन्दी राखिएको छ। पूर्वाधार नहुँदा कैन्दी–बन्दीले सिपमुलक काम गर्न पाएका छैनन्।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट