Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट


काठमाडौं। नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ ।

आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

उनीहरूले अदालतका सह–रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट दर्ताको फाइल छोडेर गएका छन् । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भने भैसकेको छैन।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट