Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

आज रङ्गमञ्च दिवस मनाइँदै


काठमाडौं । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ ।

कोभिडको समयमा अरु क्षेत्रमाजस्तै रङ्गमञ्चमा पनि असर गरेको थियो । कोभिडले थलिएको रङ्गमञ्चले फेरि लय समात्न थालेको रङ्गकर्मीहरुले बताएका छन् । पहिले काठमाण्डौमा मात्र सीमित रङ्गमञ्च अहिले काठमाडौं बाहिरका जिल्लामा पनि फस्टाउन थालेको छ ।

 


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट