Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
Jhilko

काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं, १३ चैत । काठमाडौंको शंखरापुर नगरपालिका–१, तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हिजो राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएको थियो । मोटरसाइकल चालक शंखरापुर–३ का १५ वर्षीय राजेन्द्र तामाङको शंखरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीचौकी नाङ्लेभारेले जनाएको छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा४५प ५४४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट