Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, सहरमा हवाईजहाजको गोठालो गर्दैछु : मन्त्री किराती


काठमाडौं, १२ वैशाख । संसकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज आफू हवाइजहाज गोठालो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज सहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।
र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।
कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ, मेरो आमाले भन्नु हुन्थ्यो ।’

 

 


क्याटेगोरी : पर्यटन
ट्याग : #hot, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट