Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘जिरी घुम्न जाऔँ फिरिरी’ नारासहित बुलेट र्‍याली सुरु


काठमाडौं, १ असार । दोलखाको जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली सुरु गरिएको छ। नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्‍यालीको आयोजना गरिएको हो।

नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरी’ भन्ने मूल नाराका साथ तीन दिने बुलेट र्‍यालीको शुक्रबार गरिएको छ। काठमाडौंदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिए। शनिबार जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ।

जिरी घुम्न जाऔँ फिरिरी अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्का अनुसार यो र्‍यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउनेमा विश्वस्त रहेको बताए। पछिल्ला दिनहरूमा जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो।

२० जना बुलेट राइडरहरू ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौंबाट जिरी तर्फ लागेका छन्।


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट