Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुकुम्बासीहरुलाई उठिबास लगाएको भन्दै बालेन्द्र शाहविरुद्ध प्रर्दशन


काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रर्दशन भएको छ ।

संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो। आफूहरुलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

उनले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन्। विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट