Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित


काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।

तर प्रतिवादीका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गर्न निवेदन परेपछि आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपियाँ धरौटीमा छोडेको थियो ।

बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट