Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खुलामञ्चको गेटमै नाराबाजी गर्दै मिटरब्याज पीडित


काठमाडौं । काठमाडौं महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाडौं आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाडौं उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदलै काठमाडौं आएका हुन् ।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताएका छन् । फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका पीडितहरूको पक्षमा रहेको भन्दै माग सुनाउन पीडितहरू काठमाडौं आउने अवस्था रोक्न सङ्घीय सरकारले काम गर्नुपर्ने बताएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट