Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु


ताप्लेजुङ, १४ चैत । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो।

गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #banduk

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट