Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक रिहा


काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् । गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए ।

तीनैजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्दा जेल परेका युवालाई रिहाइ गर्न विश्वप्रकाश शर्माको माग

 


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट