Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आरआर, कमर्स र पाटन क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश


काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्स क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अन्तरिम आदेश जारी गरेको छ ।

आज मङ्गलवार उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीन वटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितका लागि स्थापित स्ववियु चुनाव यथाशीघ्र गराउन तीन वटै क्याम्पसलाई आदेश दिएको हो । आदेशमा विद्यार्थी हकहितका लागि स्थापित स्ववियु चुनावलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ ।

आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले चुनाव गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए।

यी तीन वटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव गराएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट