Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा हुने संभावना


काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने छ। पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने देशका पहाडी भू–भागका साथै तराईका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट