Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड चितवनमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आज चितवन जान लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको दौडधुपका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।

चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड आजै चितवनवाट काठमाडौं फर्किने छन् । प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यसबारे बुधबारकै बैठकमा लगभग सहमति बनेको नेताहरूको भनाइ छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट