Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्याङ्जामा मार्दै गरेका तीन जना चिनियाँ नागरिक पक्राउ


स्याङ्जा, १६ चैत । स्याङ्जाको दरौखोलामा माछा मार्दै गरेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अर्जुनचौपारी गाउँपालिका–३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ती नागरिक पक्राउ परेका हुन्।
पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा ४१ ,३६ र ४० वर्षका तीन युवा रहेका छन्।

स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनियाँ नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको गाडीसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

पालिकाले उनीहरुलाई जनही ५५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ। सामानसहित तीन जनालाई प्रहरी प्रशासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट