Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१७ करोड रुपैयाँको कोकिनसहित २ भारतीय महिला पक्राउ


काठमाडौं । प्रहरीले १७ करोड रुपैयाँ बराबरको झन्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

दुई जनाले फरक–फरक झोलामा फरक–फरक समयमा हवाई मार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्युरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागुऔषध कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो ।

उनको लगेजभित्र चार वटा लेडिज ब्याग फेला परेको र ती ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ तीन किलो कोकिन निकासी गर्न लागिएको फेला परेको थियो । उनको बयानका आधारमा ठमेलमा रहेको एक होटलमा अनुसन्धान गर्दा पाँच किलो कोकिनसहित ललिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्सबटम बनाई कोकिन राखेका पाइएको छ । आज सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट