Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बर्दियामा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु


बर्दिया । बर्दियामा बस र मोटरसाइकल ठोकिँदा एक महिलाको मृत्यु भएको छ । गुलरिया राजापुर हुलाकी सडक खण्डअन्तर्गत मधुवन नगरपालिकामा बस र मोटरसाइकल ठोकिँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरकी २६ वर्षीया सरीता थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम आइरहेको भे १ ख २२५४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको भे ४ प ५६४७ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो । मोटरसाइकल चालकको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट