Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीको सुनकोशीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु गम्भीर घाइते


सिन्धुली, १७ चैत । सिन्धुलीमा करेन्ट लाग्दा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन्। सुनकोशी गाउँपालिका ४ पलामेचौरका १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको हो। उनका बाबु ४० वर्षीय फत्त बहादुर श्रेष्ठ भने गम्भीर घाइते भएका छन्।

गाउँमा ठेकेदार मार्फत विस्तार गरिएको ११ हजार भोल्टेजको राष्ट्रिय प्रसारण लाइनको विद्युत पोलमा करेन्ट सर्ट हुँदा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी) चिरन्जीवी दाहालले जनाए। ठेकेदारले पोलमा लाइन चार्ज गरेको कुनै सूचना नदिँदा खेल्दै पोल छुन पुगेका श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो। छोरालाई करेन्ट लागेको थाहा पाएर बचाउन गएका बुबा फत्तबहादुरलाई पनि करेन्ट लागी गम्भीर घाइते भएका हुन्।

उनको काठमाडौंमा उपचार भइरहेको छ। मृतक बालकको शव पोष्ट मार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। ठेकेदारको गम्भीर लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै स्थानीयले क्षतिपुर्ती र ठेकेदारलाई कारबाही हुनुपर्ने माग गरेका छन्।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट