Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाललाई पितृशोक


काठमाडौं, १७ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाललाई पितृशोक परेको छ । दाहालका पिता डिल्लीरमण उपाध्यायको ८५ वर्षो उमेरमा बिहीबार राति १ः०० बजे उपचारका क्रममा काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा निधन भएको हो ।

चैत्र १६ गते बिहीबार बेलुका ७ः०० बजे लडेर अचेत अवस्थामा उपचारका लागि अस्पताल पुर्‍याइएका दाहाललाई अस्पतालले मृत घोषणा गरेको थियो । स्वर्गीय दाहालका श्रीमती, चार छोरा र एक छोरी छन् । केन्द्रीय सदस्य मणि दाहाल स्वर्गीय दाहालका साइँला छोरा हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघले स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै समवेदना प्रकट गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट