Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दिउँसो केही ठाउँमा बदली भई हल्का वर्षाको संभावना


काठमाडौं । धेरै ठाउँको मौसम अहिले सफा छ । धेरैजसो ठाउँमा अहिले घाम लागेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिए । आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ ।

आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने छ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

आज हल्का वर्षाको अनुमान छ । हिजोभन्दा आज र आजभन्दा भोलि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट