Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाक्यो


सोलुखुम्बु, १९ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएको शुक्रवारदेखि निरन्तर हिमपात भएको हो।

नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताए। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

शनिवार हिजो दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किएको छ । हिउँमा रमाउने पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन्। लामो समयपछि हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी र स्थानीयसहित पर्यटक उत्साहित भएका छन् ।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट