Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द, ५४० जना यात्रु अलपत्र


काठमाडौं, १९ चैत । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ ।

शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो ।

“पाइलट बिरामी भएपछि शनिबार राति ११ बजेको उडान हुन सकेन । अहिले उड्न तयारी भइरहेको छ” निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, ूउडान उद्द भएपछि नेपाल र दुबईमा गरी ५४० यात्रु अलपत्रमा परेका छन् ।ू

नेपालबाट दुबई जाने फ्याइटमा २६७ यात्रु रहेका थिए । उनीहरूलाई काठमाडौंका विभिन्न होटेलमा राखिएको थियो । यस्तै, दुबईमा पनि बराबरको यात्रु रहेको थिए । उनीहरूलाई पनि होटेलमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट