Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मन्त्री श्रेष्ठद्वारा चपौलीस्थित कलाघरको अवलोकन


काठमाडौं, १९ चैत । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीको कमलामाई-३, चपौलीमा निमार्णाधिन कलाघरको अवलोकन गरेका छन् ।

अवलोकनपछि कलाघरले परिकल्पना गरेको नमुना कला संग्रहालय पूर्णताका लागि सरकारी निकायबाट सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । आवश्यक परामर्शसहित बजेट व्यवस्थापनमा प्राथामिकता दिने भन्दै मन्त्री श्रेष्ठले हालसम्मको प्रगतिलाई प्रशंसा गर्दै अझ विज्ञहरुसँग परामर्श गरी प्रभावकारी ढंगबाट अगाडि बढ्न सुझाब दिएको कलाघरका अध्यक्ष सुमन थापामगरले जानकारी दिए ।

 

 


क्याटेगोरी : समाचार, साहित्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट