Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवनमा ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, एक जना घाइते


काठमाडौं । चितवनमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बिहान ६ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवटारमा भारतीय नम्बरको प्लेटको ट्याङ्कर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमा नै ज्यान गएको हो । उनको परिचय खुल्न बाँकी छ ।

यस्तै, घाइते भएका व्यक्तिको पनि परिचय खुलेको छैन । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट