Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपतिद्वारा जानकारी


काठमाडौं, २० चैत । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेललाई भेटेर यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ।

पेटमा समस्या देखिएपछि गत शनिबार राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। पौडेलको सचिवालयका अनुसार राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट