Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, २१ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा तीन रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमको भनाइ छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट