Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिभुवन विमानस्थलका ट्याक्सी चालकले सेवा बन्द गरे


काठमाण्डौं, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकले विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको उनीहरूको गुनासो छ । दिउँसो ३ बजेसम्म सेवा रोकेर शान्तिपूर्वक आन्दोलन थालेको ट्याक्सी व्यवसायीले बताएका छन् ।

उनीहरुले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनु पर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट