Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु


झापा, २१ चैत । झापामा मोटरसाइकलको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका( ८ निवासी ६५ वर्षीया गीतादेवी खत्री रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा प्र–१–०३००१ प १८४६ नम्बरको मोटरसाइकलले पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट